माडीमा विद्युतीय कर भुक्तानी सेवा सुरु « Khabarhub

माडीमा विद्युतीय कर भुक्तानी सेवा सुरु


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको माडी नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा बिहीबारदेखि सुरु गरेको हो । यो सेवा सुरुआतसँगै नगरपालिकाका सेवाग्राहीले विभिन्न एप्समार्फत घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर तिर्न सक्नेछन् । 

सेवा शुभारम्भ गर्दै नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले परम्परागत शैलीबाट कर भुक्तानी गर्दा झन्झटिलो हुनाका साथै ढिलासुस्ती हुने गरेकाले यस प्रविधिको प्रयोगले नागरिकलाई सहज हुने बताए। उनले यो सेवा प्रयोगसँगै नगरपालिका र वडामा सेवाग्राहीको चाप कम हुने भएकाले सेवा प्रवर्द्धनमा जोड दिनुपर्छ भने।

नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रविण भण्डारीले नगरपालिकालाई तिर्नुपर्ने विभिन्न शीर्षकका कर तथा राजस्व घरमै बसेर तिर्न मिल्ने गरी प्रविधिको विकास गरिएको बताए। यो सेवा सुरु भएसँगै कार्यालय आएर लाइन बस्नुपर्ने समयका साथै अतिरिक्त खर्च जोगिने उनको भनाइ थियो ।

 सेवाग्राहीले कनेक्ट आइपिएस, खल्ती, आइएमइ पे, प्रभु पे र इ सेवामार्फत भुक्तानी गर्न सक्नेछन् । 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १२ : १२ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली