माडीमा विद्युतीय कर भुक्तानी सेवा सुरु « Khabarhub

माडीमा विद्युतीय कर भुक्तानी सेवा सुरु


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको माडी नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा बिहीबारदेखि सुरु गरेको हो । यो सेवा सुरुआतसँगै नगरपालिकाका सेवाग्राहीले विभिन्न एप्समार्फत घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर तिर्न सक्नेछन् । 

सेवा शुभारम्भ गर्दै नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले परम्परागत शैलीबाट कर भुक्तानी गर्दा झन्झटिलो हुनाका साथै ढिलासुस्ती हुने गरेकाले यस प्रविधिको प्रयोगले नागरिकलाई सहज हुने बताए। उनले यो सेवा प्रयोगसँगै नगरपालिका र वडामा सेवाग्राहीको चाप कम हुने भएकाले सेवा प्रवर्द्धनमा जोड दिनुपर्छ भने।

नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रविण भण्डारीले नगरपालिकालाई तिर्नुपर्ने विभिन्न शीर्षकका कर तथा राजस्व घरमै बसेर तिर्न मिल्ने गरी प्रविधिको विकास गरिएको बताए। यो सेवा सुरु भएसँगै कार्यालय आएर लाइन बस्नुपर्ने समयका साथै अतिरिक्त खर्च जोगिने उनको भनाइ थियो ।

 सेवाग्राहीले कनेक्ट आइपिएस, खल्ती, आइएमइ पे, प्रभु पे र इ सेवामार्फत भुक्तानी गर्न सक्नेछन् । 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १२ : १२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल