प्रधानमन्त्री प्रचण्डद्वारा विद्यालय भवनको उद्घाटन « Khabarhub

प्रधानमन्त्री प्रचण्डद्वारा विद्यालय भवनको उद्घाटन


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चौतारा– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले  सिन्धुपाल्चोकको जुगलगाउँपालिका-५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नवनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको आज उद्घाटन गरेका छन् ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण समेत गरेका थिए । सो समारोहमा  पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सांसदद्वय माधव सापकोटा र  मोहनबहादुर बस्नेत, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, समीर तामाङ, मसिना खड्का भण्डारी, अमृता नेपाललगायतको सहभागिता रहेको थियो । 

नवनिर्मित विद्यालयको अत्याधुनिक सुविधायुक्त भवन ‘चिनियाँ मोडेल’ का छन् । एकै विद्यालयमा छ आधुनिक भवन निर्माण गरिएको प्रधानाध्यापक टीकादत्त पौडेलले जानकारी दिए । उनका अनुसार भवन निर्माणमा एक अर्बभन्दाबढी रकम लगानी भएको छ ।

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  २ : २० बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका