मझगाउँ विमानस्थल निमार्णको काम सुरु | Khabarhub Khabarhub

मझगाउँ विमानस्थल निमार्णको काम सुरु


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निमार्णको काम सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः सुरु भएको हो ।

जग्गा प्राप्तिको मौखिम सहमति भएपछि निमार्णको काम सुरु भएको मझगाउँ विमानस्थलका आयोजना प्रमुख मीनराज ओझाले बताए । ‘जग्गा पाउने मौखिक सहमति भएको छ, अहिले पुनः निमार्णको काम सुरु भइसकेको छ’, उनले भने, ‘निकुञ्ज प्रशासन र नेपाली सेनाले काम नरोक्ने सहमति जनाएका छन् ।’

उनले जग्गा भोगाधिकारका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको बताए। ‘अब निमार्णको काममा कुनै समस्या छैन’, उनले भने–’जग्गाको प्राप्तीका लागि पनि मन्त्रालयबाट निर्णय गर्ने प्रक्रियामा रहेको छ ।’ अहिले विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण भइरहेको छ । रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जमिनसहित जोड्दा विमानस्थलको लम्बाइ एक हजार पाँच २५ मिटर पुग्छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जंगबहादुर मल्लले विमानस्थलको आवश्यकता रहेकाले विमानस्थल निमार्णको काम समयमा सक्नुपर्ने बताए । ‘हामीले विमानस्थल सञचालनमा आउनुपर्छ भनेर आवाज उठाएको पनि धेरै भइसक्यो’, उनले भने, ‘यसले गड्डाचौकी नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकलाई सहज हुन्छ ।’

कञ्चनपुरको महाकाली नदीमा पक्की पुल र दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेकाले राजधानीसँगको सहजताका लागि विमानस्थल आवश्यक रहेको उनले बताए। वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशीले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउन जरुरी रहेको बताए ।

‘हामीले प्रधानमन्त्रीज्यूसँग भेटेरै विमानस्थल, सुक्खा बन्दरगाह चाँडो बन्नुपर्छ भनेर ध्यानाकर्षण गराएका छौँ’, उनले भने, ‘विमानस्थल सञ्चालनमा आए यहाँको आर्थिक क्षेत्र चलायमान हुन्छ ।’ भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम-केएस-उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाखमा सम्झौता भएको हो ।

पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायतको काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि २०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल संकटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ५ : ३२ बजे

शिक्षक महासंघको चेतावनी : शिक्षा विधेयक तत्कालै पारित नभए फेरि आन्दोलनमा होमिन्छौँ

काठमाडौं- नेपाल शिक्षक महासंघले संसद्‍बाट पारित गर्ने तयारीमा रहेको विद्यालय

कैलाली–कञ्चनपुर जलमग्न, सतर्कता अपनाउन मुख्यमन्त्रीको आग्रह  

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षालाई विपद्को समयमा उच्च सतर्कता

मन्त्रिपरिषद्को निर्णय : सहकारीको कर्जाबारे कारबाही र असुलीका लागि तीन सदस्यीय न्यायाधिकरण गठन

काठमाडौं– सरकारले सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र

नेविसंघको असन्तुष्ट पक्षले घेर्‍यो सानेपा (तस्बिरहरू)

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

लगातारको वर्षापछि धनगढी आसपासका क्षेत्र जलमग्न

कैलाली– गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न