रक्षामन्त्री उप्रेतीद्वारा जंगी अड्डाको निरीक्षण | Khabarhub Khabarhub

रक्षामन्त्री उप्रेतीद्वारा जंगी अड्डाको निरीक्षण


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएका छन् । सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पिँदै आएको जिम्मेवारी अब्बल ढंगबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे ।

मन्त्री उप्रेतीले भने, ‘अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा  सेनाले ठूलो योगदान पुर्‍याएको छ । विश्व शान्तिका लागि जोखिम बहन गर्ने एवं साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधैँ अग्रपङ्क्तिमा छ । सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पुर्‍याउँदै आएको बताउँदै उनले  काठमाडौँ-तराई-मधेश द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भइरहेको प्रगति देख्दा आफू सन्तुष्ट भएको उल्लेख गरे।

रक्षा मन्त्रालयको नेतृत्व सम्हालेपछि उनले पहिलो पटक जंगी अड्डा पुगेर सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् । सो अवसरमा मन्त्री उप्रेतीसमक्ष सेनाको संगठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सेना सम्पूर्ण नेपालीको आफ्नै छोराछोरी सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको बताए ।

उनले भने, ‘सेनाले विधिसम्मत ढङ्गले प्राप्त जिम्मेवारी समर्पित तवरले पूरा गर्दै देश र जनताको हितमा मरिमेट्दै आइरहेको छ । बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशबाट सिर्जित चुनौती सम्बोधन, समाधान र न्यूनीकरण गर्न क्षमता अभिवृद्धि गर्न आवश्यक छ ।’

रक्षा सचिव किरणराज शर्माले विपद् व्यवस्थापनलगायत सेनाको समग्र क्षमता विकास गर्दै आत्मनिर्भर बनाउँदै लैजाने विषयमा सरकारबाट जोड हुनुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ५ : ५५ बजे

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँदिल्ली – भारतले आफ्नो पहिलो अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल अग्नि–५ को

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको

खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

किमाथांका– जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा