बर्दिबासमा राष्ट्रिय फुटबल खेल आयोजना हुने « Khabarhub

बर्दिबासमा राष्ट्रिय फुटबल खेल आयोजना हुने


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– एन्फाको स्वीकृति लिएर बर्दिबासमा जिल्लामा नै  पहिलो पल्ट राष्ट्रिय फुटबल खेल आयोजना हुने भएको छ । राष्ट्रियस्तरमा चर्चित क्लबलाई सहभागि गराएर २६ माघबाट सुरु हुने खेलमा देशभरका ८ वटा कलव सहभागि हुने छन् ।

वीरगञ्ज युनाइटेड, क्यामरुन एसी, पेमा युवा कलव, व्याइज युनियन, धरान फुटबल कलव, झापा-११ फुटबल क्लब र आयोजकको तर्फबाट बर्दिबास युथ कलवसहित ८ वटा टिम खेलमा सहभागी हुने आयोजक पक्षले जनाएको छ ।

बर्दिबास नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिद्वारा आयोजित उक्त खेलको अनुमानित लागत ४५ लाख लाग्ने अनुमान गरिएको छ । बर्दिबास नगरपालिकाले यसअघि नै ३० लाख बजेट छुट्याइसकेको र वाकी रकम स-प्रायोजन गर्ने कम्पनी र संस्थाहरूबाट व्यवस्थापन गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र कुमार शिवभक्तीले जानकारी दिए ।

मेयर गोल्डकप नामाकरण गरिएको उक्त खेलमा पहिलो र दोश्रो हुने टिमलाइ क्रमशः ५ लाख र ३ लाख पुरुस्कारको राषिसवै विद्यामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही १० हजार राशीको पुरस्कारको व्यवस्था गरिएको छ । ४ फाल्गुनसम्म जारी रहने खेलमा हरेक दिन म्यान अफ म्याचको लागी पनि पुरस्कारको ब्यवस्था गरिएको छ । म्यान अफ द म्याचको लागि ५ हजार प्रदान गर्ने खेलकुद विकास समितिका सचिव अर्जुन बस्नेतले बताए ।

सबैभन्दा महत्त्वपूर्ण त आयोजक टिमको तर्फबाट सहभागी हुने बर्दिबास युथ कलबले बाहिरी खेलाडी समावेश गरेको छैन । यसअघि हुने खेलहरूमा बाहिरबाट खेलाडी किनेर ल्याएको विषयमा चर्को आलोचना हुने गरेको थियो । नगरको १४ वटै वडाबाट उत्कृष्ट ३४ जना खेलाडी चयन भएका छन् । प्रशिक्षक कुल बहादुर श्रेष्ठले दिइरहेको उक्त प्रशिक्षणपछि २२ जनावाट खेलको लागी छनोट हुने बताइएको छ ।

राष्ट्रियस्तरका चर्चित कलवसगँ प्रतिस्पर्धा गर्ने तयारी गरेको आयोजक टिमलाई महत्वपूर्ण ढंगले हेरिएको छ । आयोजक टिमले नाम चलेका कलवसगँ सुखद प्रतिस्पर्धा गर्ने आयोजक पक्षको विश्वास छ । हाम्रा खेलाडीले कलवहरुसगँ प्रतिस्पर्धा गर्न निक्कै गृहकार्य गरिरहेका छन् ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : ३३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल