बर्दिबासमा राष्ट्रिय फुटबल खेल आयोजना हुने « Khabarhub

बर्दिबासमा राष्ट्रिय फुटबल खेल आयोजना हुने


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– एन्फाको स्वीकृति लिएर बर्दिबासमा जिल्लामा नै  पहिलो पल्ट राष्ट्रिय फुटबल खेल आयोजना हुने भएको छ । राष्ट्रियस्तरमा चर्चित क्लबलाई सहभागि गराएर २६ माघबाट सुरु हुने खेलमा देशभरका ८ वटा कलव सहभागि हुने छन् ।

वीरगञ्ज युनाइटेड, क्यामरुन एसी, पेमा युवा कलव, व्याइज युनियन, धरान फुटबल कलव, झापा-११ फुटबल क्लब र आयोजकको तर्फबाट बर्दिबास युथ कलवसहित ८ वटा टिम खेलमा सहभागी हुने आयोजक पक्षले जनाएको छ ।

बर्दिबास नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिद्वारा आयोजित उक्त खेलको अनुमानित लागत ४५ लाख लाग्ने अनुमान गरिएको छ । बर्दिबास नगरपालिकाले यसअघि नै ३० लाख बजेट छुट्याइसकेको र वाकी रकम स-प्रायोजन गर्ने कम्पनी र संस्थाहरूबाट व्यवस्थापन गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र कुमार शिवभक्तीले जानकारी दिए ।

मेयर गोल्डकप नामाकरण गरिएको उक्त खेलमा पहिलो र दोश्रो हुने टिमलाइ क्रमशः ५ लाख र ३ लाख पुरुस्कारको राषि र सवै विद्यामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही १० हजार राशीको पुरस्कारको व्यवस्था गरिएको छ । ४ फाल्गुनसम्म जारी रहने खेलमा हरेक दिन म्यान अफ म्याचको लागी पनि पुरस्कारको ब्यवस्था गरिएको छ । म्यान अफ द म्याचको लागि ५ हजार प्रदान गर्ने खेलकुद विकास समितिका सचिव अर्जुन बस्नेतले बताए ।

सबैभन्दा महत्त्वपूर्ण त आयोजक टिमको तर्फबाट सहभागी हुने बर्दिबास युथ कलबले बाहिरी खेलाडी समावेश गरेको छैन । यसअघि हुने खेलहरूमा बाहिरबाट खेलाडी किनेर ल्याएको विषयमा चर्को आलोचना हुने गरेको थियो । नगरको १४ वटै वडाबाट उत्कृष्ट ३४ जना खेलाडी चयन भएका छन् । प्रशिक्षक कुल बहादुर श्रेष्ठले दिइरहेको उक्त प्रशिक्षणपछि २२ जनावाट खेलको लागी छनोट हुने बताइएको छ ।

राष्ट्रियस्तरका चर्चित कलवसगँ प्रतिस्पर्धा गर्ने तयारी गरेको आयोजक टिमलाई महत्वपूर्ण ढंगले हेरिएको छ । आयोजक टिमले नाम चलेका कलवसगँ सुखद प्रतिस्पर्धा गर्ने आयोजक पक्षको विश्वास छ । हाम्रा खेलाडीले कलवहरुसगँ प्रतिस्पर्धा गर्न निक्कै गृहकार्य गरिरहेका छन् ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : ३३ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका