अफगानिस्तान ‘प्रणालीगत पतन’ को जोखिममा : राष्ट्रसंघ « Khabarhub

अफगानिस्तान ‘प्रणालीगत पतन’ को जोखिममा : राष्ट्रसंघ


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसंघले मानवीय संकट गहिरिँदै गएको अवस्थामा अफगानिस्तान ‘प्रणालीगत पतन’ को जोखिममा रहेको जनाएको छ ।

अफगानिस्तानका नागरिकहरु भोकमरी, गरिबी, स्वच्छ खानेपानीको एवम् अत्यावश्यक वस्तुको अभावका कारण गम्भीर मानवीय विपदको अवस्थामा रहेको राष्ट्रसंघले उल्लेख गरेको छ ।

राष्ट्रसंघको मानवीय मामिला संयोजन कार्यालय ओसीएचएले प्रतिवेदन जारी गर्दै सन् २०२३ मा अफगानिस्तानका ६० लाख नागरिक गम्भीर खाद्य असुरक्षाको अवस्थामा बाँच्न बाध्य हुने र १ करोड ७० लाख मानिसहरु गम्भीर भोकमरीको जोखिममा धकेलिने जनाएको छ ।

अफगानिस्तानको टोलो न्युजका अनुसार अफगानिस्तानमा जारी मानवीय संकटले विगत २ दशकमा मुलुकले महिला अधिकारजस्ता क्षेत्रमा हासिल गरेको उपलब्धीलाई पनि खतरामा पारेको राष्ट्रसंघले जनाएको छ ।

घट्दो आयस्तर, खाद्यान्नमा उच्च मूल्यवृद्धि, बेरोजगारी र गिर्दो अर्थव्यवस्थाका कारण सन् २०२३ को पहिलो त्रैमासिकमा अफगानिस्तानको अवस्था अझ खराब बन्दै जाने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ०७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले