उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले « Khabarhub

उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उचित मूल्य नपाएपछि यहाँका कृषकले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । आयातित तरकारीका कारण घाटा खाएर बिक्री गर्नुपरेको भन्दै यहाँका कृषकले आज सडकमा तरकारी फालेका हुन् ।

किसान संघर्ष समितिमार्फत नारायणगढको पुलचोकमा तरकारी पोखेर प्रदर्शन गरिएको हो । किसानले घ्युउ सीमी, गोलभेडा, फर्सी, गाजर, काउली, बन्दा लगायतका तरकारी सडकमा फ्याकेर प्रदर्शन गरेका थिए ।

संघर्ष समितिका संयोजक लेखनाथ भुसालले आयात नरोकिँदा यहाँ उत्पादित तरकारीले उचित मूल्य पाउन नसकेको बताए । जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिँदै आएपनि भारतीय तरकारीका कारण स्थानीय उत्पादन न्यून मूल्यमा बिक्री गर्नुपरिरहेको बताए।

“सङ्घीय, प्रादेशिक र स्थानीय सरकारसँग आयात रोक्न आग्रह गरेपनि सुनुवाइ हुन सकेको छैन”, उनले भने ।

चितवनमा दैनिक तीन सय टन तरकारी उत्पादन हुँदै आएको छ । पाँच विघाभन्दा बढी जग्गामा तरकारी खेती गर्ने किसान एक सय जना र एक बिघाभन्दा बढीमा गर्ने झण्डै तीन सय जना रहेको भुसालल जानकारी दिए । यहाँ उत्पादित तरकारी चितवन, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा खपत हुँदै आएको छ ।

“हाम्रो आवाज राज्यले नसुन्दा सडकमा तरकारी फ्याकेर आन्दोलन गर्नुपरेको छ”, तरकारी किसान अविन्द्र सुवेदीले भने । कृषकले पुलचोकस्थित सडकमा पाँच ट्याक्टर तरकारी फ्याँकेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : ४६ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा