साफ यु–२० फुटबल : नेपाल बङ्गलादेशसँग पराजित | Khabarhub Khabarhub

साफ यु–२० फुटबल : नेपाल बङ्गलादेशसँग पराजित


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ यु–२० महिला च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो उद्घाटन खेलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ ।

बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । बङ्गलादेशको जितमा मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले समान एक÷एक गोल गरिन् ।

यता नेपालका लागि भने मनमाया दमाईले एक गोल फर्काइन् । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भूटानको सहभागिता रहेको छ । अब नेपालले आफ्नो दोस्रो खेल आइतबार भूटानसँग खेल्नेछ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १० : ३६ बजे

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको

जितिया पर्वको निराहार व्रत आज

महोत्तरी– सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला

घाइते जेनजीलाई भेटेर प्रधानमन्त्रीले भनिन्- बंगारा झार्नुपर्थ्यो नि !

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले घाइते जेनजीलाई भेटेर बंगाला झार्नुपथ्र्यो

बालबालिकामाथि हुने हरेक किसिमका दुर्व्यवहार रोक्नु सबैको दायित्व : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त गरेका