मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट « Khabarhub

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ५ जनाको आवेदन रद्द भएको छ ।

यस कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । सर्वसाधारण आवेदकहरुले गोलाप्रथामार्फत सेयर हात पारेका छन् । यसमा कुल २ लाख २६ हजार ४६५ जनाको आवेदन परेको छ ।  जसमध्ये ५ जनाले ११ कित्ता र बाँकी २ लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले सेयर हात पारेका हुन्।

कम्पनीले सर्वसाधारणका लागि फागुन ४ गतेदेखि १० गतेसम्म कुल २२ लाख ६४ हजार ६५५ कित्ता सेयर निष्कासन गरेको थियो । कुल २७ लाख २८ हजार ५०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता पहिले नै निष्कासन गरिसकेको थियो ।

सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता र २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १२ : ०५ बजे

गुन्डू भन्छ : सात पदाधिकारी ओलीतिर खुले, नेताहरू भन्छन् : त्यस्तो कुरा भएको छैन

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी

विराटनगर दुवै ओपरन सस्तैमा आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

विराटनगरलाई पहिलो धक्का, रनको खाता नखोली आउट भए जर्ज मुन्से

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

तस्बिरमा हेर्नुहोस्, विराटनगर र कर्णालीको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो

पूर्वएआईजी विश्वराज पोख्रेल घण्टी बजाउँदै रास्वपातिर (तस्बिरहरू)

नेपाल प्रहरीका पूर्वएआईजीपी विश्व पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका