चोरी गर्नेलाई कारबाही गर्न माग गर्दै व्यवसायीले बुझाए ज्ञापनपत्र | Khabarhub Khabarhub

चोरी गर्नेलाई कारबाही गर्न माग गर्दै व्यवसायीले बुझाए ज्ञापनपत्र


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बर्दिबास सहरमा दिनदहाडै चोरी हुन थालेपछी ब्यापारीहरुले असुरक्षित महसुस गर्न थालेका छन् । मंगलबार प्रदिप सेन्चुरीको सुनचाँदी पसलवाट सुन चोरी गर्ने ब्यक्तीलाइ प्रहरीले समेत पक्राउ गर्न नसक्नुले असुरक्षित महसुस भएको ब्यापारीले बताए ।

यसैबीच आज सुनचाँदी व्यवसायीहरुले इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्रमा ब्यवसायीले जिल्ला सुरक्षा कार्यालयको भुमिकामाथी नै प्रश्न उठाएका छन् ।

सुन जोखाउनु छ भन्दै सुनको डब्बा नै लुटेर मोटरसाइकलमा फरार हुने ब्यक्तीको हुलिहा सहित प्रहरी र स्थानिय सरकारलाइ ध्यानाकर्षण गराउँदा पनि यस्को सुनुवाई हुन नसकेको व्यवसायीहरुको गुनासो छ ।

व्यवसाय संचालनको क्रममा लुटपाट हुनु आफैमा निन्दनीय भएको बताउँदै नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका माहासचिव बिनोद भण्डारीले जिल्लाको कमजोर सुरक्षा अवस्थाको चित्रण भएको बताए ।

दोषीलाई तत्काल पक्राउ गरि कानुनी दायरमा ल्याउन पनि व्यवसायीहरुले सम्बद्ध निकायसगँ माग गरेका छन् ।

पछिल्लो समय बर्दिबासमा साना तथा ठुला व्यवसायीहरुका सटर फुटाएर चोरी भएका घटनाहरु बाक्लिदै गएका छन् । कहिलेकाही त एकै रातमा ३ वटासम्म पसल चोरी हुने गरेको व्यवसायीहरुको गुनासो छ ।

यता उद्योग वाणिज्य संघ बर्दिबासले चोरीका घटनाहरुको बिषयलाई गम्भीरतापूर्वक लिएको वताएको छ । बाणिज्य संघका माहासचिव उत्तम श्रेष्ठले चोरीलाइ कसरी न्यूनीकरण गर्ने भन्ने बिषयमा विभिन्न चरणमा छलफल समेत भैइसकेको बताए ।

सिसिटिभी जडान देखि बर्दिबास सहरलाइ सुरक्षित वनाउन सुरक्षा निकाय र स्थानिय सरकारसँग गहन छलफल भैइरहेको अध्यक्ष बिष्णु खडकाको भनाइ छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : १६ बजे

कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

म्याग्दी– जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि

गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु

चेतावनी : यसमा उल्लेखित विवरण र तस्बिरहरूले विचलित बनाउन सक्छन् ।