ऋषि सिंहले चुमे इण्डियन आइडलको उपाधि « Khabarhub

ऋषि सिंहले चुमे इण्डियन आइडलको उपाधि


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १३’ को उपाधि ऋषि सिंहले जितेका छन् । अडिसन राउण्डदेखि नै निर्णायक र दर्शकको नजरमा परेका उनले उपाधि जितेका हुन् ।

उत्तर प्रदेशको अयोध्याका ऋषिले २५ लाख रुपैंयाँ र एक कार पनि जितेका छन् । शोमा कोलकाताकी देवोष्मिता राय फस्ट रनरअप र जम्मू कश्मीरका चिराग कोतवाल सेकेण्ड रनरअप भए ।

शोको पछिल्लो भागको ड्रिम फिनालेमा ऋषिसहित सोनाक्षी कर, बिदिप्ता चक्रवर्ती, शिवम सिंह, चिराग कोतवाल र देवोष्मिता रायले गीत गाएका थिए । यो भागमा ‘इण्डियाज बेस्ट डान्सर’का निर्णायक गीता कपूर, टेरेन्स लुईस र सोनाली बेन्द्रे पुगेका थिए ।

शोको फिनाले सञ्चालन आदित्य नारायण झा र कमेडीयन भारती सिंहले गरेका थिए । शोको निर्णायकमा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड थिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १२ : ४१ बजे

‘पूर्णबहादुरको सारङ्गी’ टिमकाच तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको