राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्षको चासो « Khabarhub

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्षको चासो


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति रामसहायप्रसाद यादव र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी लिएका छन् ।

पेटमा समस्या भएपछि गत शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराइरहेका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार उपराष्ट्रपति यादव र अध्यक्ष तिमिल्सिना अस्पताल पुगेका हुन् ।

छुट्टाछुट्टै अस्पताल पुगेर उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरू अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १ : ३२ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ