तनहुँ १ मा एमालेका तर्फबाट पूर्वमहानिरीक्षक खनालको उम्मेदवारी दर्ता « Khabarhub

तनहुँ १ मा एमालेका तर्फबाट पूर्वमहानिरीक्षक खनालको उम्मेदवारी दर्ता


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो । तनहुँ १ बाट एमालेका तर्फबाट प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् ।

खनालको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य भगवती न्यौपाने र समर्थकमा एमाले केन्द्रीय परिषद सल्लाहकार सदस्य एकबहादुर राना रहेका छन् ।  खनाल मनोनयन दर्ता र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

अहिलेसम्म तनहुँ–१ मा नेमकिपाका रामप्रसाद प्रजापती र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ । कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मनोनयन दर्ता गर्ने भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  २ : ०८ बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले