बारा–२ मा ३७ जनाको उम्मेदवारी दर्ता « Khabarhub

बारा–२ मा ३७ जनाको उम्मेदवारी दर्ता


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बारा – प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्रयादवसहित ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बाह्र राजनीतिक दल र बाँकी स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । जसपा अध्यक्ष यादवले जिल्ला समन्वय समिति बारामा रहेको निर्वाचनको कार्यालयमा आएर उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। यादवको प्रस्तावकमा जसपाका नारायणप्रसाद यादव र सर्मथकमा सो दलका नवल यादव रहेका छन् ।।

उनीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन रहेको छ । यस क्षेत्रबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

नेकपा (एमाले)बाट पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। जनमत पार्टीबाट संविधानसभा सदस्य शिवचन्द्र कुसवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलको पनि उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाल मजदुर किसानबाट मुक्तिप्रसाद यादव, हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी, आमजनता पार्टीबाट अरुण ज्ञवालीको उम्मेदवारी परेको छ ।

बारा–२ मा ४६ हजार तीन सय १४ पुरुष र ५८ हजार नौ सय ३४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : २२ बजे

इरानले भन्यो : अमेरिकाले स्थल आक्रमणको गल्ती नगरोस्, हामी लामो युद्धका लागि तयार छौँ

काठमाडौं- इरानले अमेरिका र इजरायलसँग लामो समयसम्म युद्ध गर्न तयार

इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण, कम्तीमा ६ जना घाइते

तेहरान- इरानले इजरायलका केन्द्रीय क्षेत्रमा मिसाइल आक्रमण गरेको छ ।

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर– कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि