किसानमुखी हुनेगरी सहकारी ऐन परिमार्जन गर्न माग « Khabarhub

किसानमुखी हुनेगरी सहकारी ऐन परिमार्जन गर्न माग


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले किसानमुखी हुनेगरी सहकारी नीति र सहकारी ऐनलाई परिमार्जन गरी लागु गर्नुपर्ने माग गरेको छ । महासङ्घले सहकारी क्षेत्रलाई देशको अर्थतन्त्रको मुख्य आधारको रूपमा विकास गर्दै नेपालको संविधान बमोजिम समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ऐनलाई परिमार्जन गरी लागु गर्नुपर्ने माग गरेको हो ।

महासङ्घले आज विज्ञप्ती जारी गरी सहकारी क्षेत्रलाई प्राथमिकतामा राखी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा काम गर्नुपर्ने र सहकारीमार्फत् उत्पादनमूलक पूँजीलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिएको छ । “नेपालको कृषि क्षेत्र, साना, घरेलु तथा मझौला उद्योग, व्यवसाय र उद्यम सञ्चालनमा सहकारीलाई प्राथमिकता दिँदै सहकारीमार्फत सञ्चालन गरिने कृषि, उद्योगधन्दा र कलकारखाना तथा व्यवसायलाई सरकारले दिने अनुदान, ऋण तथा अन्य सेवा सुविधामा प्राथमकिता दिने नीति बनाई लागू गरियोस्”, विज्ञप्तीमा भनिएको छ ।

कृषि, भूमि, निजी वन, साना उद्योग र अन्य उत्पादनका क्षेत्रमा व्यापक सहकारीकरणको नीति लिनुपर्ने र सोहीअनुसारको सहकारीमैत्री नीति निर्माण गर्नुपर्ने माहासङ्घको भनाइ छ । महासङ्घले महाभूकम्प र कोरोना महामारी कालमा ऋण तीर्ननसकेका ऋणीको ब्याज र हर्जाना मिनाहा गरी ऋण तिर्नका लागि पर्याप्त समयसहित पुनर्तालिकीकरण गर्नुपर्ने समेत माग गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ५० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर