भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : मुख्यमन्त्री शाह « Khabarhub

भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : मुख्यमन्त्री शाह


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताएका छन् । आर्थिक मामिला मन्त्रालयद्वारा आज धनगढीमा आयोजित पूर्वबजेट छलफलमा मुख्यमन्त्री शाहले भ्रष्ट्राचार नियन्त्रणका लागि सरकार कठोर भएर अघि बढेको स्पष्ट पारे ।

“भ्रष्टाचार नियन्त्रणका लागि सुझाव दिन गठन भएको प्रदेश कार्यतर्जुमा समितिले काम गरिरहेको छ ।” मुख्यमन्त्रीले भने । जनप्रतिनिधि र कर्मचारीले आपसमा सहकार्य गरेर उपलब्ध साधन स्रोत जनताका पक्षमा हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहबाट माग भई आएका योजनालाई प्राथमिकता दिने बताए । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्राप्त सुझावलाई समेटेर बजेट निर्माण गरिने बताए।

दुई दिने उक्त छलफल कार्यक्रममा प्रदेशका मुख्य सचिव, सचिव र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : १० बजे

इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण, कम्तीमा ६ जना घाइते

तेहरान- इरानले इजरायलका केन्द्रीय क्षेत्रमा मिसाइल आक्रमण गरेको छ ।

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर– कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः