सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बीमा « Khabarhub

सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बीमा


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा – भद्रपुर नगरपालिकाले पालिकाभित्र बसोबास गर्ने छ सय ३४ सीमान्तकृत सन्थाल परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।

अति विपन्न समुदायका सन्थालहरूको स्वास्थ्यमा सहज पहुँच पु¥याउने उद्देश्यले पालिकाले आगामी जेठदेखि लागू हुने गरी आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य बीमा गरिदिएको हो ।

नगरप्रमुख गणेश पोखरेलले बीमाबाट सन्थाल समुदायका दुई हजार पाँच सय २२ नागरिक लाभाविन्त हुने बताए । उनले उनीहरूको स्वास्थ्य बीमा गरिदिए वापतको रु २२ लाख १९ हजार बरबारको चेक आजै नगरपालिकाले स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय झापाकी प्रमुख सुनिता आचार्यलाई हस्तान्तरण गरेका छन् ।

सन्थाल आदिवासी उत्थान सङ्घका केन्द्रीय अध्यक्ष सुन्दर वेस्राले नगरको खुलेर प्रशंसा गरेका थियो । उनले स्वाथ्यमा पहुँचविहीन सन्थाल समुदायको नगरले गरिदिएको बीमाका कारण पहुँच पुग्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : ५३ बजे

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा

ट्रम्पको ‘शान्ति समिति’ मा पुटिनलाई निमन्त्रणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन