कर्णालीको गरिबी अन्त्य सबैको सरोकार बन्नुपर्छ : मुख्यमन्त्री शर्मा « Khabarhub

कर्णालीको गरिबी अन्त्य सबैको सरोकार बन्नुपर्छ : मुख्यमन्त्री शर्मा


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको गरिबी अन्त्य गर्न सबैको गम्भीर सरोकार रहनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा कर्णाली प्रदेश सचिवालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यको भूमिकासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उहाँले कर्णालीमा आज पनि गरिबीको रेखामुनि रहेका जनसङ्ख्या अधिक भएकाले गरिबी न्यूनीकरणमा सबैको ध्यान जानुपर्ने बताए।

उनले भने, “गरिबीको रेखामुनि रहेको कर्णालीलाई माथि उठाउनका लागि सबै क्षेत्र अग्रसर हुनुपर्छ । यसमा बहस छलफल भइरहेको छ । कर्णालीलाई विकास र समृद्धितर्फ अगाडि बढाउन हामी जो जहाँ छौँ, त्यहीबाट सुरु गर्ने अभियान थालौँ ।”

उनले समाज परिवर्तनका लागि व्याख्या गर्नेगरे गर्नुभयो । “व्याख्या दुनियाँले गर्छ, मुख्य कुरा बदल्ने नै हो,” उनले भने ।

नीति निर्माण र कार्यान्वयनमा सबैले अपनत्व लिएमात्र अपेक्षित परिणाम आउने बताए मुख्यमन्त्री शर्माले दिगो विकासका सन्दर्भमा आर्थिक सम्पन्नता र सामाजिक न्यायको पाटोलाई उचित तवरले अगाडि बढाउन सक्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य, मन्त्री तथा सचिवको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १० : २० बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको