आज नेपालमा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै « Khabarhub

आज नेपालमा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मे ३ अर्थात आज विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस् भन्ने उद्देश्यसहित बिभिन्न कार्यक्रम गर्दै नेपालसहित विश्वभर मनाइदै छ । 

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा आज विश्वभरि प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । 

संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । सोही घोषणा पत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक वर्ष यो दिवस पत्रकारहरूले उत्सवको रुपमा मनाउँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

नेपाल पत्रकार महासंघले आज बिहान ७ बजे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ भने बिहान ९ बजे पत्रकार महासङ्घको सभाकक्ष सञ्चारग्राम, तिलगंगामा ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिकी प्रतिवेदन’ सार्वजनिक कार्यक्रम आयोजना गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ६ : ११ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको