के हो भाइरल ज्वरो ? | Khabarhub Khabarhub

के हो भाइरल ज्वरो ?

भाइरलको उपचार र बच्ने उपाय


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विशेष गरेर मौसम परिवर्तन हुने समयमा भाइरल ज्वरो धेरै आउने गरेको पाइन्छ। भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमणका कारणले आउने गर्छ। यो भाइरल संक्रमण हुँदा श्वासप्रश्वासको समयमा भाइरस नाकबाट फोक्सोसम्म पुगेर फोक्सोमा इन्फेक्सन गर्छ।

भाइरस फोक्सोमा पुगेपछि भाइरस रगतमा मिसिएपछि बिरामीलाई ज्वरो आउने गर्छ। त्यो ज्वरो १०४ डिग्रीसम्म आउनसक्छ। यो भाइरल ज्वरो जुनै उमेर समूहमा संक्रमणका कारणले हुनेगर्छ।

यदि बच्चालाई भाइरल ज्वरो आएको बेला अभिभावकले बेवास्ता गरेमा निमोनिया भएर भेन्टिलेटरमा राख्नु पर्नेसमेत हुनसक्छ। साथै उक्त बच्चामा मुटुको र मस्तिष्कको संक्रमण पनि हुनसक्छ। यस्तो ज्वरो आउँदा बिरामीको प्रतिरोधात्मक शक्ति कमजोर हुने र भाइरस बलियो हुनेगर्छ।

कसरी आउँछ त भाइरल ज्वरो ?
वातावरणमा वा हावामा भएका संक्रमणजन्य भाइरस श्वासप्रश्वासको क्रममा नाकको वा स्वासको माध्यमबाट मानिसको शरीरमा पुग्छन्। त्यस पश्चातबाटै नाक चिलाउने र नाक दुख्ने, घाँटी खसखसाउने, खोकी लाग्ने लगायत समस्या सुरु भएर विस्तारै ज्वरो आउँदै जान्छ।

लक्षणहरु के के हुन् ?
नाकबाट हाँछ्यु आउने, रुघा लाग्ने, स्वर फेरिने, घाँटीमा अप्ठेरो पर्ने, स्वर बिग्रने र ज्वरोसमेत आउँनु भाइरलका लक्षण हुन्।
भाइरल ज्वरोबाट जोगिन के गर्ने ?
– कसैको परिवारमा एक जनालाई रुघाखोकी लाग्यो वा भाइरल संक्रमण भयो भने त्यसको भाइरस अन्य व्यक्तिमा पनि तत्कालै सर्नसक्छ। त्यसैले संक्रमित ब्यक्तिले प्रयोग गरेका सामग्री (तौली, खाने भाँडाकुँडा, कपडा) अरुले प्रयोग गर्नु हुँदैन।
– बिरामीले प्रयोग गरेको ट्वाइलेट बाथरुम राम्रोसँग सफा गरेर मात्र अरु ब्यक्तिले प्रयोग गर्नुपर्छ।
– संक्रमित व्यक्तिले हाँछ्यु गर्दा, खोक्दा मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ।
– सधै मनतातो पानी खाने गर्नुपर्छ। जति धेरै पानी खायो त्यति नै छिटो संक्रमण निको हुन्छ।
– बेसार तथा अदुवालाई आयुर्वेदमा एन्टीसेप्टीको रुपमा लिने गरिन्छ। यसको सेवन गर्दा बिरामीलाई लाभ हुन्छ।
– भाइरल ज्वरो कम गर्न सिटामोल खान सकिन्छ।
– बिरामीले झोलिलो तथा तातो खाने कुरा खाइरहने वा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुपर्छ।
– लामो समयसम्म ज्वरो आएर कम भएन र श्वास फेर्न धेरै नै गाह्रो भयो भने अस्पताल जानुपर्छ।
– खोकी तारन्तार लागि रह्यो, बिरामीको खकार पहेँलो आउन थाल्यो, बिरामी बर्बराउन थाल्यो भने घरमा नै निको होला कि भनेर बस्नु हुँदैन। यस्तो अवस्थामा तुरुन्तै अस्पताल जानु राम्रो हुन्छ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : ०६ बजे

पाँचथर पुगेर प्रचण्डले भने : मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौँ

पाँचथर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गको

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा

भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने

द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द

एजेन्सी– पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र