के हो भाइरल ज्वरो ? « Khabarhub

के हो भाइरल ज्वरो ?

भाइरलको उपचार र बच्ने उपाय


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विशेष गरेर मौसम परिवर्तन हुने समयमा भाइरल ज्वरो धेरै आउने गरेको पाइन्छ। भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमणका कारणले आउने गर्छ। यो भाइरल संक्रमण हुँदा श्वासप्रश्वासको समयमा भाइरस नाकबाट फोक्सोसम्म पुगेर फोक्सोमा इन्फेक्सन गर्छ।

भाइरस फोक्सोमा पुगेपछि भाइरस रगतमा मिसिएपछि बिरामीलाई ज्वरो आउने गर्छ। त्यो ज्वरो १०४ डिग्रीसम्म आउनसक्छ। यो भाइरल ज्वरो जुनै उमेर समूहमा संक्रमणका कारणले हुनेगर्छ।

यदि बच्चालाई भाइरल ज्वरो आएको बेला अभिभावकले बेवास्ता गरेमा निमोनिया भएर भेन्टिलेटरमा राख्नु पर्नेसमेत हुनसक्छ। साथै उक्त बच्चामा मुटुको र मस्तिष्कको संक्रमण पनि हुनसक्छ। यस्तो ज्वरो आउँदा बिरामीको प्रतिरोधात्मक शक्ति कमजोर हुने र भाइरस बलियो हुनेगर्छ।

कसरी आउँछ त भाइरल ज्वरो ?
वातावरणमा वा हावामा भएका संक्रमणजन्य भाइरस श्वासप्रश्वासको क्रममा नाकको वा स्वासको माध्यमबाट मानिसको शरीरमा पुग्छन्। त्यस पश्चातबाटै नाक चिलाउने र नाक दुख्ने, घाँटी खसखसाउने, खोकी लाग्ने लगायत समस्या सुरु भएर विस्तारै ज्वरो आउँदै जान्छ।

लक्षणहरु के के हुन् ?
नाकबाट हाँछ्यु आउने, रुघा लाग्ने, स्वर फेरिने, घाँटीमा अप्ठेरो पर्ने, स्वर बिग्रने र ज्वरोसमेत आउँनु भाइरलका लक्षण हुन्।
भाइरल ज्वरोबाट जोगिन के गर्ने ?
– कसैको परिवारमा एक जनालाई रुघाखोकी लाग्यो वा भाइरल संक्रमण भयो भने त्यसको भाइरस अन्य व्यक्तिमा पनि तत्कालै सर्नसक्छ। त्यसैले संक्रमित ब्यक्तिले प्रयोग गरेका सामग्री (तौली, खाने भाँडाकुँडा, कपडा) अरुले प्रयोग गर्नु हुँदैन।
– बिरामीले प्रयोग गरेको ट्वाइलेट बाथरुम राम्रोसँग सफा गरेर मात्र अरु ब्यक्तिले प्रयोग गर्नुपर्छ।
– संक्रमित व्यक्तिले हाँछ्यु गर्दा, खोक्दा मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ।
– सधै मनतातो पानी खाने गर्नुपर्छ। जति धेरै पानी खायो त्यति नै छिटो संक्रमण निको हुन्छ।
– बेसार तथा अदुवालाई आयुर्वेदमा एन्टीसेप्टीको रुपमा लिने गरिन्छ। यसको सेवन गर्दा बिरामीलाई लाभ हुन्छ।
– भाइरल ज्वरो कम गर्न सिटामोल खान सकिन्छ।
– बिरामीले झोलिलो तथा तातो खाने कुरा खाइरहने वा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुपर्छ।
– लामो समयसम्म ज्वरो आएर कम भएन र श्वास फेर्न धेरै नै गाह्रो भयो भने अस्पताल जानुपर्छ।
– खोकी तारन्तार लागि रह्यो, बिरामीको खकार पहेँलो आउन थाल्यो, बिरामी बर्बराउन थाल्यो भने घरमा नै निको होला कि भनेर बस्नु हुँदैन। यस्तो अवस्थामा तुरुन्तै अस्पताल जानु राम्रो हुन्छ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : ०६ बजे

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइयो चैती छठ 

काठमाडौं– अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मंगलबार चैती छठ पर्व मनाइएको

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती

रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

का‌ठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र