काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला सिंगापुर पुगेका छन् । सरकार र पार्टीको भागबन्डाका विषयमा नेपाली कांग्रेसभित्र विवाद चर्किरहेका बेला नेता कोइराला सिंगापुर पुगेका हुन् । उनी आखाको उपचारका लागि भनेर सिंगापुर पुगेका स्रोतले जनाएको छ ।
यद्यपि कोइरालाको भेटघाट आदीबारे केही खुलाइएको छैन। हिजो साँझ सिंगापुर प्रस्थान गरेका कोइराला ४ दिन सिंगापुरमा रहने बताइएको छ ।
नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागिताको विषयलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र इत्तर समुहका नेता शेखर कोइरालाबीच विवाद मिल्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।
सभापति देउवाले कुनै सल्लाहबेगर मन्त्रीहरूको नामावली टुंग्याएपछि इतर समुह असन्तुष्ट बनेको हो ।