स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष : मन्त्री शर्मा | Khabarhub Khabarhub

स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष : मन्त्री शर्मा


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको बताएकी छन् । उनले नेपालको राजनीतिक आन्दोलनलगायतका सबै परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षत्रको भूमिका महत्वपूर्ण रहेको बताइन्  ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिद्वारा आज आयोजित प्रभातफेरी कार्यक्रममा उनले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताले यो पेशालाई अझ महत्वपूर्ण मर्यादित महत्वपूर्ण बनाउन भूमिका निर्वाह गरेको बताए । 

उनले भनिन्, ‘संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरिएको छ, कानुन बनाउने, कानुनमा उल्लेख गरिएका कुरा कार्यान्वयन गर्ने चरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रहेको छ ।’ प्रेस स्वतन्त्रताको पक्षमा उभिन निम्ति आवश्यक कानुन तर्जुमा, नीति नियम बनाउने र आवश्यक निर्णय गर्ने ठाउँमा आफू भएकाले सदैव पत्रकारको साथमा रहने प्रतिबद्धता मन्त्री शर्माले व्यक्त गरिन् ।

पछिल्लो समयमा हाम्रो समाजका हरेक कुरामा नकारात्मकता हाबी भएको सन्दर्भ  उनले उल्लेख गरिन् । हामीले ल्याएको लोकतन्त्र, गणतन्त्रमामाथि जुन ढंगले प्रहार भइरहेको छ त्यसबारे सचेत रहेर समाजमा सकारात्मक सन्देश दिन पत्रकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । 

महासङ्घका अध्यक्ष विपुल पोखरेलले पछिल्लो समयमा पत्रकारमाथि जुन ढंगले आक्रमण हुने गरेको छ, त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नतर्फ हामी अग्रसर हुन जरुरी छ भने । नेपालको पत्रकारिता क्षेत्रका चुनौतीबारे समीक्षा गर्नुपर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १२ : ५३ बजे

युएईमा भारतीय महिलालाई मृत्युदण्ड

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा भारतीय महिला शहजादी खानलाई

दिवंगत पत्रकार पुडासैनीको पारिश्रमिक नदिए कडा आन्दोनल गर्ने महासंघको चेतावनी

काठमाडौं – नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले यसै वर्ष

नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार

भक्तपुर – नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन लम्बिएको छ

बङ्गलादेशको राजधानीको एक होटलमा आगलागी हुँदा ४ जनाको मृत्यु

ढाका – बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको

मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन

जलेश्वर – मिथिला मध्यमा परिक्रमाका भक्तजनको सुविधाका लागि नेपाल–भारत खुला