मानव अधिकार तथा शान्ति समाजले पनि मनायो विश्व प्रेस स्वतन्त्रता दिवस « Khabarhub

मानव अधिकार तथा शान्ति समाजले पनि मनायो विश्व प्रेस स्वतन्त्रता दिवस


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले ‘प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्दा’ शीर्षकमा विभिन्न कार्यक्रम आयोजना गरी ३० औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ ।

शान्ति समाजका काठमाडौँ, पाल्पा, दाङ, सुर्खेत, चितवन, नवलपुर, गोरखा र मोरङ शाखाको आयोजनामा छट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् ।

कार्यक्रममा शान्ति समाजका तर्फबाट तीन पृष्ठको अवधारणापत्र प्रस्तुत गरी सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्न स्मरण गराइएको छ । व्यावसायिक नैतिकताको उच्चतम मापदण्ड कायम गर्न सम्वद्ध सबैलाई समाजले कार्यत्रपत्रमार्फत् आग्रह गरेको छ ।

यसैगरी राज्य, सञ्चार जगतबाट श्रमजीवी पत्रकारको अधिकार संरक्षणका लागि थप प्रतिवद्धतासहित विशेष योजनाको खाँचो शान्ति समाजले औँल्याएको छ । प्रेस स्वतन्त्रता दिवसका दौरान विश्वभरि कर्तव्य पालनाका क्रममा जीवन गुमाउन पुगेका पत्रकारप्रति श्रद्धाञ्जलि अर्पण गरिन्छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ०६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित