भारतजस्ता प्रमुख शक्तिराष्ट्रसँग सम्बन्ध विस्तार गर्न अष्ट्रेलिया तयार | Khabarhub Khabarhub

भारतजस्ता प्रमुख शक्तिराष्ट्रसँग सम्बन्ध विस्तार गर्न अष्ट्रेलिया तयार


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण चीन सागरमा चीनको बढ्दो प्रभावका कारण विधिको अन्तर्राष्ट्रिय व्यवस्था जोखिममा परेको भन्दै अष्ट्रेलियाले भारत र जापानलगायत रणनीतिक हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग आफ्नो कूटनीतिक र रक्षा साझेदारीलाई अझ सघन बनाउने बताएको छ ।

अष्ट्रेलियाले गत सोमबार सार्वजनिक गरेको रक्षासम्बन्धी रणनीतिक प्रतिवदेनमा भारतलगायत प्रमुख शक्तिराष्ट्रसँग आफ्नो सैन्य सम्बन्ध र व्यावहारिक सहयोग विस्तार गर्न जारी राख्नुपर्नेमा जोड दिएको हो ।

बढ्दो चिनियाँ गतिविधिबाट अस्ट्रेलियाको राष्ट्रिय हितमा प्रतिकूल असर पर्नसक्ने उल्लेख गर्दै प्रतिवेदनमा हिन्द–प्रशान्त क्षेत्रमा प्रमुख शक्तिबीचको प्रतिस्पर्धाले अष्ट्रेलियालाई भारतलगायत शक्ति राष्ट्रसँग सहकार्य र साझेदारी गर्नुपर्ने सुझाव दिइएको हो । संयुक्त राज्य अमेरिकाको हिन्द–प्रशान्त क्षेत्रमा एक ध्रुवीय नेतृत्व नरहेको र चीन–अमेरिकाबीचको तीव्र प्रतिस्पर्धा द्वन्द्वको कारक बन्नसक्ने भएकाले त्यसतर्फ सचेत हुन सुझाइएको छ ।

“अष्ट्रेलियाले जापान र भारतलगायत प्रमुख शक्तिहरूसँग आफ्नो सम्बन्ध र व्यावहारिक सहयोग विस्तार गर्न जारी राख्नुपर्छ, क्यानबेराले क्षेत्रीय एकता र विकासका लागि लगानी गर्न आवश्यक छ,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदन अस्ट्रेलियाको रक्षा बलका पूर्व प्रमुख एङ्गस ह्युस्टन र पूर्व रक्षामन्त्री स्टीफन स्मिथले तयार पारेको प्रतिवेदनमा रक्षा र राष्ट्रिय सुरक्षा खर्चमा वृद्धि, राष्ट्रिय खुफियाका तत्वहरूको पुनर्गठन र साइबर सुरक्षामा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिइएको छ ।

हिन्द–प्रशान्त रणनीतिक ढाँचा अपनाउने, क्षेत्रीय रणनीतिक योजनाका साथै बहुपक्षीय, त्रिपक्षीय र द्विपक्षीय साझेदारी विस्तार गर्दै जापान, भारत र संयुक्त राज्य अमेरिकासँग क्वाड साझेदारी अभिवृद्धि हुनुपर्ने प्रतिवेदनको सुझाव छ । प्रतिवेदनले अस्ट्रेलिया र चीनबीचको स्थिर सम्बन्ध दुवै देश र बृहत् क्षेत्रको हितमा रहेको बताएको छ ।

अष्ट्रेलियाले चीनसँगको सहयोग जारी राख्नुपर्ने, असहमति र मतभिन्नतालाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्नुपर्ने र राष्ट्रिय हितलाई सर्वोपरि मानेर अघि बढ्नुपर्ने खाँचो प्रतिवेदनमा औँल्याइएको छ । चीनको द्रुततर आर्थिक विकासबाट अष्ट्रेलियासहित हिन्द–प्रशान्त क्षेत्रका धेरै देशहरूलाई फाइदा पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी दशकमा अष्ट्रेलियाको रणनीतिक नीति, रक्षा योजना र स्रोतहरूका लागि खाका तयार गर्न प्रतिवेदन सहयोगी हुने बताए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : २० बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु