दुई दिनका लागि जमुनाहा नाका बन्द « Khabarhub

दुई दिनका लागि जमुनाहा नाका बन्द


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भारत सीमास्थित बाँकेको जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ ।

यही वैशाख २१ गते भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) हुने भएकाले निर्वाचन हुने समय भन्दा ४८ घण्टाअघि वैशाख १९ गते बेलुका ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म सीमा बन्द भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए ।

उनले त्यस क्रममा हरियो तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शवबाहन बाहेक अन्यको हकमा आवतजावत बन्द रहने बताए । निर्वाचनका बेला हुनसक्ने आपाराधिक घटनालाई लक्षित गरेर दुवै देशले सीमा बन्द गर्दै आएका छन ।

यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चाय, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालसहित सुरक्षाकर्मीको टोली दुई पक्षीय बैठकका लागि भारत गएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ४ : ४८ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ