विधिसम्मत रूपमा महाधिवेशन बोलाउन प्रतिबद्ध छौँ : विश्व हिन्दू महासङ्घ « Khabarhub

विधिसम्मत रूपमा महाधिवेशन बोलाउन प्रतिबद्ध छौँ : विश्व हिन्दू महासङ्घ


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व हिन्दू महासङ्घले विधिसम्मत रूपमा महासभा बोलाउन प्रतिबद्ध रहेको जनाएको छ ।

महासङ्घले आज पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग समेत परामर्श गरी विधानबमोजिम कार्यकारिणी समितिबाट निर्णय गराई महाधिवेशन गर्ने जानकारी दिएको हो ।

महासङ्घका कावा अध्यक्ष अस्मिता भण्डारीले महाधिवेशन गर्न कम्तिमा छ महिना समय लाग्ने जानकारी दिइन् । उनले भनिन्, “अन्तर्राष्ट्रिय च्याप्टरहरूसँग समेत परामर्श गर्नुपर्छ, त्यसका लागि कम्तीमा छ महिना समय लाग्न सक्छ । महासङ्घमा यतिबेला बाटो बिराएका सबैजनालाई वैधानिक छाताभित्र एकजुट हुन आग्रह गर्दछौँ ।”

विश्वका विभिन्न भागमा छरिएर रहेका सम्पूर्ण हिन्दू धर्म संस्कृतिका अनुयायीलाई एक सूत्रमा बाँधी सङ्गठित तुल्याउन विश्व हिन्दू महासङ्घ २०४० सालमा विधिवत् रुपमा दर्ता भएको संस्था हो । विश्वभर हिन्दूत्व र सनातन धर्म संस्कृतिको जगेर्ना गर्ने यसको लक्ष्य हो ।

महासङ्घको अर्को समूहले भने आफू आधिकारिक नभएको दाबी गरेको छ । महासङ्घको अन्तर्राष्ट्रिय समितिलाई अभिभावकीय भूमिका रहन दिनुपर्ने र साधुसन्तको जिम्मा दिनुपर्ने अर्को समूहको भनाइ छ ।

महासङ्घको राष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले महासङ्घका विभिन्न पार्टी र दरबारको शक्तिको दुहाइ दिन नहुने बताए । उनले सबै मिलेर हिन्दू राष्ट्रको अभियानलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ५ : ३१ बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा