मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु « Khabarhub

मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

ज्यान गुमाउनेमा मकवानपुरको भिमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङ रहेका छन् । निर्माणाधीन घरमा काम गरिरहेको बेलामा कौसीमा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेपछि उनलाई वीर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थिए । उनको शव पोष्टमर्टमका लागि शव टिचिङ अस्पताल महाराजगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ६ : ०० बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ