‘सुडानमा रहेका नेपालीको उद्धार तथा घर फिर्तीका लागि प्रयास जारी छ’ « Khabarhub

‘सुडानमा रहेका नेपालीको उद्धार तथा घर फिर्तीका लागि प्रयास जारी छ’


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ ।

यसै सिलसिलामा कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट यही वैशाख १७ मा जेद्दा सहर पुर्‍याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जेद्दा पुगेका १९ जनामध्ये छ जना नेपाली नागरिक हिजो मङ्गलबार रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन् । नेपाल फर्कन प्रतिक्षारत १३ जना नेपाली नागरिकमध्ये आठ जना आज एअर अरबियाको उडानबाट काठमाडौँ आइपुग्ने र बाँकी पाँच जना भोलि बिहीबार जजिरा एअरवेजको उडानबाट नेपाल फिर्ता आउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये छ जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्धार गर्ने प्रयास जारी रहेको छ ।

बाँकी तीन जना रोजगारदाता कम्पनीको प्रबन्धमा सुरक्षितरुपमा पोर्ट सुडानको होटलमा रहेका र अरु दुई जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सिमानास्थित सुरक्षित स्थानमा राखेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ६ : ३४ बजे

विषाक्त खानाबाट इन्डोनेसियामा २६९ विद्यार्थी बिरामी

एजेन्सी– इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि बिरामी परेका कम्तीमा

लागूऔषधसहित एघार जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

जाजरकोटमा बाढीले घर र पुल बगायो

काठमाडौं– अविरल वर्षाका कारण गएराति जाजरकोटको नलगाड नगरपालिका–१० मा तासुघाट

मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै

मकवानपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दिएको समर्थन फिर्ता लिएपछि बागमती

पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेपछि