बालुवाटार बैठकमा बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल « Khabarhub

बालुवाटार बैठकमा बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धनमा आबद्ध दलका बीचमा बजेटपूर्वको छलफल, सरकारको वार्षिक नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण र बजेटलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

“आर्थिक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने, आर्थिक व्यवस्थापन कसरी गर्ने, बजेटलाई राम्रो बनाउने, जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेगरी बजेटको व्यवस्था गर्ने बारेमा मूलतः छलफल भयो”, बैठकपछि उनले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा यही वैशाख २४ गते संसद्को अधिवेशन आह्वान गरेका छन् । गठबन्धन बैठकमा संसद् अधिवेशनमा कुन कुन विषयलाई प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सबै राजनीतिक दलका बीचमा एकरुपता ल्याउनुपर्ने, सरकारमा सहभागी भएका राजनीतिक दलका बीचमा सरसल्लाह गरेर सबैको धारणा अभिव्यक्त हुने गरेर बजेटको प्राथमिकता र सिद्धान्त तोक्नुप¥र्यो भन्नेबारेमा छलफल भएको प्रमुख सचेतक लेखकले बताए ।

“बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आधारपत्र तयार गर्ने र त्यसमा सरकारमा संलग्न सबै राजनीतिक दलले आफ्ना धारणा र दृष्टिकोण राखेर परिमार्जन गर्ने विषयमा छलफल भयो”, उनले भने ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको सहभागिता थियो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : ३४ बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा