अमेरिकाद्वारा श्रीलंकाका पूर्वनौसैनिक अधकिारी एवम् गभर्नरमाथि प्रतिबन्धको घोषणा « Khabarhub

अमेरिकाद्वारा श्रीलंकाका पूर्वनौसैनिक अधकिारी एवम् गभर्नरमाथि प्रतिबन्धको घोषणा


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले श्रीलंकाका पूर्वनौसैनिक अधकिारी एवम् उत्तरपश्चिम प्रान्तका गभर्नर वसन्त करनानगोडामाथि प्रतिबन्ध लगाएको छ ।

तामिल टाइगर्सविरुद्धको युद्धका समयमा गम्भीर मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाले उनी र उनकी पत्नी श्रीमाथी अशोक करनानगोडामाथि प्रतिबन्धको घोषणा गरेको हो ।

अमेरिकाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिबन्धको घोषणा गरेको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो मुलुकले श्रीलंकामा भएको गृहयुद्धको सत्यतथ्य पत्ता लगाउन र पीडितलाई न्याय दिलाउन जारी राख्ने बताएका छन् ।

यता श्रीलंकाले भने अमेरिकी कदमको कडा निन्दा गरेको छ । श्रीलंकाले अमेरिकी कदमलाई ‘एकपक्षीय’ भन्दै दुई मुलुकबीच कायम सम्बन्धमा प्रतिकूल प्रभाव पार्ने चेतावनी दिएको छ । ७० वर्षे करनानगोडा सन् २००५ देखि सन् २००७ सम्म श्रीलंकाली नौसेनाका कमाण्डर थिए ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  २ : १४ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ