ताइवान र अमेरिकाबीच ४२ करोड डलर बराबरको सैन्य सम्झौतामा हस्ताक्षर « Khabarhub

ताइवान र अमेरिकाबीच ४२ करोड डलर बराबरको सैन्य सम्झौतामा हस्ताक्षर


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताइवानले अमेरिकासँग ४२ करोड अमेरिकी डलर बराबरका दुई सैन्य सम्झौतामा हस्ताक्षर गरेको छ । चीनसँगको तनाव उत्कर्षमा रहेका बेला ताइवानले आफ्नो मुलुकमा रहेका लडाकु विमानको मर्मतका लागि अमेरिकासँग ४२ करोड अमेरिकी डलर बराबरका दुई सम्झौता गरेको हो ।

भ्वाइस अफ अमेरिकाले जनाएअनुसार यसमध्ये ३२ करोड ३० लाख डलर सन् २०२८ को मार्च महिनासम्म विमानका पार्टपुर्जाको ठेक्काका लागि छुट्याइएको छ ।

त्यसैगरी, बाँकी रकम भने सन् २०२७ को जुन महिनासम्म हवाई सामग्री तथा अन्य पार्टपुर्जाका लागि छुट्याइएको छ ।

चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको स्वशासित टापु ताइवानको हतियार आपूर्ति अमेरिकामा निर्भर रहँदै आएको छ ।

पछिल्लो समय चीनले ताइवानमाथि आक्रमण गर्नका लागि भन्दै सैन्य सतर्कतालाई उच्च बनाएसँगै ताइवानले अमेरिकासँग सुरक्षा सम्झौता गरेको हो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : २७ बजे

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि