प्रधानमन्त्री प्रचण्ड आज तीन कार्यक्रममा सहभागी हुने  « Khabarhub

प्रधानमन्त्री प्रचण्ड आज तीन कार्यक्रममा सहभागी हुने 


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारत भ्रमणको अन्तिम दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन वटा कार्यक्रममा सहभागी हुने भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज मध्याह्न १२ बजेसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

शुक्रबार नयाँ दिल्लीबाट महाराष्ट्र पुगेका प्रधानमन्त्री प्रचण्डले शनिबार आज बिहान सुचना प्रविधि सम्बन्धी कार्यालयको अवलोकन भ्रमण गर्दैछन्। महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि सुचना प्रविधि सम्बन्धी विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण र त्यसपछि स्पेशल इकोनोमजी जोनमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। इन्फोसिस बेलायती प्रधानमन्त्री ऋषि सुनकका ससुरा एन एन नारायण मूर्तिको अफिस हो।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अपराह्न ४ बजे नेपाल एअरलाइन्सको  विमानमार्फत स्वदेश फर्कने छ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ६ : ३६ बजे

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ