ओडिशामा रेल दुर्घटना हुँदा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते | Khabarhub Khabarhub

ओडिशामा रेल दुर्घटना हुँदा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको ओडिशामा रेल दुर्घटना हुँदा २२३ यात्रुको मृत्यु भएको छ ।

कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।

चेन्नईबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै मालगाडीसँग ठोक्किएको हो।

घटनाबारे जानकारी लिन भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् ।

उनले ट्वीटमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

उनकाअनुसार गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिइने छ।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राज्यभर शोकको घोषणा गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ८ : २८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका