इमरान खानको जमानत लम्बियो  « Khabarhub

इमरान खानको जमानत लम्बियो 


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लाहौर – पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान  शुक्रबार आतंकवाद विरोधी अदालत (एटीसी) मा हाजिर भएका छन्।

अदालतले लाहोरको कोर्प्स कमाण्डर हाउसमा भएको हमलालगायत तीनवटा मुद्दामा उनको अग्रिम जमानत जुन १३ सम्म बढाएको छ।

खान कडा सुरक्षाबीच एटीसी लाहोरमा हाजिर भएका थिए। उनले आफ्नो ज्यानमा गम्भीर खतरा रहेको अदालतमा दोहोर्‍याएका छन्।

पीटीआई कार्यकर्ता जिले शाहको हत्या मुद्दामा आफ्नो जमानतको म्याद थप गर्न पीटीआई पार्टीका अध्यक्ष खान लाहोर उच्च अदालतमा उपस्थित भएका थिए। उक्त मुद्दामा उच्च अदालतले उनको जमानत जुन १३ गतेसम्म थप गरेको छ।

‘न्यायाधीश एजाज अहमद बुट्टरले जिन्ना हाउस भनेर चिनिने लाहोर कोर्प्स कमाण्डर हाउसमा भएको आक्रमणसँग सम्बन्धित मुद्दामा किन तपाईंमाथि  अनुसन्धानमा सामेल गराउन मिल्दैन ? भनेर प्रश्न गरेका थिए,’ अदालतका एक अधिकारीले भने।

तर, जवाफमा खानले आफ्नो ज्यान खतरामा रहेको मात्रै कुरा बढीमा जोड दिए बताए, ती अधिकारीले भने।

खानले अन्वेषकहरूलाई भिडियो लिङ्क मार्फत अनुसन्धानमा सामेल हुन अनुमति दिन अनुरोध गरेका थिए, जसलाई अदालतले अस्वीकार गरेको छ। यद्यपि, न्यायाधीशले उनलाई अनुसन्धानमा सामेल हुन निर्देशन दिए र उनको जमानत जुन १३ सम्म लम्ब्याइयो।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ८ : ४८ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध