उडिसा रेल दुर्घटनाको छानबिन हुने, गोवा–मुम्बई रेल उद्घाटन स्थगित | Khabarhub Khabarhub

उडिसा रेल दुर्घटनाको छानबिन हुने, गोवा–मुम्बई रेल उद्घाटन स्थगित


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनाको छानबिन हुने भएको छ।

दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका हुन्।

दुर्घटनामा परी अहिलेसम्म २३३ यात्रुको मृत्यु भइसकेको छ भने ९ सयभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ।

दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि गोपालपुर, कान्तपाडा, बालासोर, भद्रक र सोरोका अस्पतालमा भर्ना गरिएको छ।

हाल राहत तथा उद्धार कार्य जारी रहेको छ। पटरीबाट खसेको डिब्बामा कैयौं यात्रु फसेका थिए। स्थानीयले आकस्मिक सेवाका कर्मचारीलाई उद्धारमा सघाएका थिए।

यो रेल दुर्घटनाका कारण यस रुटबाट चल्ने करिब ९२ अन्य ट्रेनहरू प्रभावित भएका छन्। ४३ ट्रेनको सवारी रोकिएको छ। एकै समयमा ३८ ट्रेनहरूको रुट डाइभर्सन गरिएको थियो। जबकि ९ ट्रेनहरू बन्द गरिएको छ। यस बाहेक एउटा ट्रेनको समय तालिका परिवर्तन गरिएको थियो।

दुर्घटनाका कारण आज बिहानको लागि तय गरिएको मुम्बई–गोवा वन्दे भारत एक्सप्रेसको उद्घाटन समारोह रद्द गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान १० बजे ट्रेनलाई झन्डा हल्लाएर उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ९ : २१ बजे

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँ : प्रधानमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकी

गुण्डुबाट ओलीले भने- असंवैधानिक सरकारको धम्कीले हामी डराएका छैनौँ 

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

गृहले भन्यो- अन्य पक्षलाई उक्साहट हुनेगरि कुनै कार्यक्रम नगर्नू 

काठमाडौं– गृह मन्त्रालयले वर्तमान अवस्थामा  सभा सम्मेलन तथा विरोध कार्यक्रम

गोला-मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको संकट

सिरहा– कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक