काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस « Khabarhub

काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वी नाका झापाको काँकडभिट्टामा भारु नोट सटहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो ।

एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन् ।

पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले काँकडभिट्टामा भारुको कारोबार हुन छाडेको र मनी एक्सचेञ्जरले पनि भारु साट्दा अतिरिक्त कमिसन असुल्न थालेको बताए । उनले भारु एक लाख सटही गर्दा चार हजार कमिसन दिनुपरेको दावी गरे । 

उनले काँकडभिट्टाबाट छुट्ने लामो तथा छोटो दूरीको यातायात सेवा प्रदान गर्दै आएका भाडाका बस, माइक्रो तथा साना गाडीमा ‘भाडा तिर्दा भारु नोट नदिनुहोला’ भन्ने सूचना टाँस्न सुरु भइसकेको बताए । स्थानीय पेट्रोल पम्पमा पनि भारु नोटमा भुक्तानी नलिइने सूचना टाँसिएको छ ।

काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, केचना, बाहुनडाँगीलगायत सीमानाका र बजारमा विगतमा जस्तो भारुमा लेनदेन अब हुन छाडेको छ । नेपाली व्यवसायीले सेवा तथा वस्तुको भुक्तानी लिँदा र दिँदा भारु नोट लिन छाडेका छन् । 

भारतबाट लुकिछिपी ठूलो मात्रामा भारुका नोट नेपाल भित्रिएको र नेपाली बजार चर्को आर्थिक मन्दीको मारमा रहेका कारण बिक्री घट्दा बजारमा भारुको सटहीमा समस्या उत्पन्न भएको सटहीको अनुमति प्राप्त मनी एक्सचेञ्जर व्यवसायी बताउँछन् ।

मेची मनी एक्सचेञ्जर व्यवसायी सङ्घका अध्यक्ष विष्णु मैनालीले बजारमा भारु नोट छ्यापछ्याप्ती भएको जनाउँदै सटहीका लागि व्यवसायीसँग पर्याप्त नेपाली रुपैयाँ नभएको बताए । 

भारु नोट सटहीमा कठिनाइ हुँदा भारतमा रोजगार गरेर फर्कने नेपाली सीमा क्षेत्रमा सकसमा परेका छन् । भारतको सिलगुडी, सिक्किम, मेघालय, मुम्बई, कोलकाता, केरला र चेन्नाईमा रोजगारी गर्ने नेपाली काँकडभिट्टा नाका भएर स्वदेश फर्किने गर्छन् ।

भारतको आसाम, पश्चिम बङ्गाल, सिक्किम र विहारबाट झापाको आँखा अस्पतालमा ठूलो सङ्ख्यामा आउने भारतीयले उपचार खर्च भारुमै दिँदै आएका छन् । काँकडभिट्टा क्षेत्रमा क्यासिनो व्यवसायमार्फत पनि ठूलो मात्रामा भारु नोट नेपाल भित्रिने गरेको छ ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १० : ०३ बजे

काठमाडौं महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल

काठमाडौं– काठमाडौंका सडक र सहरी सुरक्षाका लागि काठमाडौं महानगरपालिकाले नेपाल

गृहमन्त्री गुरुङको स्पष्टीकरण : मेरो सम्पत्ति हजुरबुवाको अंशबण्डा हुनुअघि बाटैको, भ्रम नफैल्याउनू

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नमा स्पष्टीकरण

सार्वजनिक लेखा समितिको सभापतिका लागि सांसद भरत खड्काले गराए मनोनयन दर्ता

काठमाडौं- प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन

ग्रीनसिफ्ट परियोजनाअन्तर्गत युवालाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

चितवन– युरोपियन युनियन (ईयू) को सहयोगमा तेस्रो वर्षका युवा पैरवी