धनकुटामा जंगली च्याउँ खाएर उपचाररत छोराको पनि मृत्यु « Khabarhub

धनकुटामा जंगली च्याउँ खाएर उपचाररत छोराको पनि मृत्यु


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

धनकुटा – जंगली च्याउ खाएर बिरामी भएका मध्ये थप एकको मृत्यु भएको छ।

जंगली च्याउँ खाएर हिजो आमाको निधन भएको थियो भने आज उपचारको क्रममा छोराका पनि मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार जंगली च्याउ खाएर मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राईकोर उनका ७ वर्षका छोरा सचिन रहेका छन्।

गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परे पछि उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा लगियो। त्यहाँ पनि उपचार सम्भव नभए पछि दुवै जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर, उपचारको क्रममा शुक्रबार आमाको निधन भएको हो भने ७ बर्षिया छोरा सचिनको आज निधन भएको हो।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १० : ४६ बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको