ग्रान्डीमा सात हजार बिरामीलाई आइसीयु सेवा प्रदान  « Khabarhub

ग्रान्डीमा सात हजार बिरामीलाई आइसीयु सेवा प्रदान 


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीले सात हजार एक सय ५६ बिरामीलाई आइसीयु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्रान्डीले सन् २०१३ जुनदेखि बिरामीलाई आइसीयु सेवा प्रदान गर्न लागेको हो । 

आइसीयु सेवा प्रदान गरेको १० वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका आइसीयु शाखा प्रमुख डा सुवास आचार्यले आइसीयु सेवा प्रदान गरिएका मध्ये छ हजार एक सय १४ बिरामीलाई बचाउन सफल भएको जानकारी दिएका छन् । आइसीयुमा भर्ना हुने बिरामीमा ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला रहेका थिए ।

कोरोना महामारीका समयमा ग्रान्डीले सात सय ४३ बिरामीलाई आइसीयुमार्फत सेवा प्रदान गरेको थियो । ‘झण्डै ८० प्रतिशत बिरामीलाई बचाउन सफल भयौँ’, उनले भनेका छन् । ग्रान्डीले गत वर्षदेखि चिकित्सा शिक्षा आयोगबाट आइसीयु फेलोसिपसमेत प्रदान गर्दै आएको छ ।

कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमै अन्तर्राष्ट्रिय स्तरको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ग्रान्डी अस्पताल स्थापना गरिएको बताएका छन् । सबैको साथ, सहयोग र समर्थनका कारण ग्रान्डीले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको उनको भनाइ थियो ।

निजी क्षेत्रको लगानीमा २०६९ पुस १९ गते स्थापना भएको ग्रान्डीले ३० भन्दा बढी विधामा बिरामीको उपचार गर्दैआएको अस्पतालले जनाएको छ । ग्रान्डीले हाल ३० शैय्यामार्फत बिरामीलाई आइसीयु सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १ : ०० बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध