मेयर तथा उपमेयर कपको उपाधि पाटन भ्यालीलाई | Khabarhub Khabarhub

मेयर तथा उपमेयर कपको उपाधि पाटन भ्यालीलाई


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै पाटनले उपाधि हात पारेको  हो । 

पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्दै हिमचुलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको विजयी लक्ष्य पाटनले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । पाटनका लागि धीरेन्द्र चन्दले ५५ र किरन चन्दले ४५ रन बनाए । 

यसअघि ब्याटिङ गर्ने क्रममा हिमचुलीका कप्तान सन्नी विष्टले ५२ रन बनाए । बलिङतर्फ पाटनका लागि किरन चन्दले दुई विकेट लिए । उनी म्यान अफ दी म्याच घोषित भए । उपाधिसँगै पाटने १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता हिमचुलीले रु नौ हजारसहित ट्रफी र प्रमाणपत्र पायो । 

प्रतियोगितामा हिमचुलीका विकास विष्ट म्यान अफ दी सिरिज तथा हिमचुलीकै सन्नी विष्ट उत्कृष्ट ब्याट्सम्यान चुनिए । पाटनका धीरेन्द्र चन्द उत्कृष्ट बलर घोषित भए । यही जेठ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १५ टोलीको सहभागिता रहेको थियो । विजेता खेलाडीलाई पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १ : १७ बजे

मोबाइल तातेर हैरान हुनुहुन्छ, यसो गर्नुहोस् !

काठमाडौं– आजको समयमा  स्मार्टफोनको प्रयोग यतिसम्म भइसक्यो किन मानौँ मान्छेका

भिमादका पैँतीस खानेपानी आयोजनामा क्षति

तनहु– तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले

युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत होचस्टेन लेबनानमा

एजेन्सी – अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ताका

तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११

नजिकिँदै चीन-भारत : सीमामा शान्तिपछि सिधा हवाई उडानदेखि भिसा सुविधाबारे छलफल

नयाँदिल्ली-  ब्राजिलमा जारी जी-२० शिखर सम्मेलनका क्रममा भारत र चीनका