ओडिशामा रेल दुर्घटना : मृतकको संख्या २८३ पुग्यो « Khabarhub

ओडिशामा रेल दुर्घटना : मृतकको संख्या २८३ पुग्यो


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– ओडिशाको बालासोरमा भएको दर्दनाक दुर्घटनाले सबैलाई असह्य बनाएको छ। 

प्राप्त जानकारी अनुसार अहिलेसम्म २ सय ८३ भन्दा बढीको मृत्यु भइसकेको छ भने १ हजार भन्दा बढी घाइतेको खबर आइरहेको छन् । 

भारतीय रेलवेका प्रवक्ता अमिताभ शर्माले यस रुटमा आर्मर सिस्टम उपलब्ध नभएकाले सम्भावित दुर्घटनाबाट बचाउन नसकिएको बताएका छन् । यो दुर्घटनापछि फेरि कबच चर्चामा आएको छ । किनभने, रेल मन्त्रालयले गत वर्ष कवाच प्रविधिको परीक्षण गरेको थियो।

यो प्रविधिले शून्य दुर्घटनाको लक्ष्य हासिल गर्न मद्दत गर्ने रेलवेको दाबी छ। यसबाट सिग्नल जम्प गर्दा ट्रेन स्वतः रोकिनेछ। तर, यो प्रविधि देशभर जडान गरे पछि ५० लाख रुपैयाँ प्रतिकिलोमिटर लाग्नेछ, त्यसैले यो महँगो पनि छ ।  जानकारीका अनुसार यो प्रणालीले हेड अन कोलिजन, रियर एन्ड कोलिजन र सिग्नल ह्याजार्ड जस्ता तीन अवस्थामा काम गर्छ।

कबचले ब्रेक फेल भएको अवस्थामा ब्रेकको स्वचालित अनुप्रयोगद्वारा ट्रेनको गतिलाई नियन्त्रण गर्दछ। यसले उच्च फ्रिक्वेन्सी रेडियो कम्युनिकेसन प्रयोग गरेर गतिको जानकारी दिन्छ । जुन एसआईएल (सुरक्षा अखंडता स्तर – ४)  अनुसार नै सुरक्षा प्रमाणनको उच्चतम स्तरबाट काम गर्छ । प्रत्येक ट्र्याकको लागि ट्र्याकस्टेशन यार्डमा आरएफआईडी ट्यागहरू दिइन्छ, जसले ट्र्याक, ट्रेनहरूको स्थान र ट्रेनको दिशा पहिचान गर्न संकेतहरू दिन्छ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  २ : ३४ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध