जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने « Khabarhub

जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन हुने भएको छ । 

उद्योग वाणिज्य सङ्घ धनुषामा आज भएको सर्वदलीय बैठकमा यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति भएको प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए । 

उनले नागरिकताविहीन लाखौँ युवाको समस्या समाधान गरी जनकपुरधाम आउन लागेका राष्ट्रपति पौडेललाई मधेसवासीले भव्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबै दलले सहमति जनाएको बताए ।

त्यस अवसरमा मधेस प्रदेशसभा सदस्य रामसरोज यादव राष्ट्रपतिको भ्रमणलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारलाई पहलकदमी लिन प्रयास गरिने बताए । 

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले धनुषाका सबै प्रतिनिधिसभा सांसद र प्रदेशसभा सदस्यहरूसहितको मूल समिति र अन्य उपसमिति बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पूजापाठदेखि तिरहुतिया गाछीमा हुने भव्य स्वागत र नागरिक अभिनन्दनको तयारी गर्ने निर्णय गरिएको बताए ।  

बैठकले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन र मूल समारोह समितिको निर्णयअनुसार जनकपुरधामको एउटा चोकमा राष्ट्रपतिद्वारा झन्डा फहराइने निर्णय गरिएको साहले जानकारी दिए । जनकपुरधाम विमानस्थलबाट जानकी मन्दिर र मन्दिरदेखि तिरहुतिया गाछीसम्म सडकको दुवै छेउमा राष्ट्रिय झण्डासहित उभिएर नागरिक अभिनन्दन गर्न सबै दलले आआफ्ना कार्यकर्ता र स्थानीय समाजलाई परिचालन गरिने निर्णय भएको छ । 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ६ : २३ बजे

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं– आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने