सभापतिलाई गाली गरेर पार्टी बन्दैन : देउवा | Khabarhub Khabarhub

सभापतिलाई गाली गरेर पार्टी बन्दैन : देउवा


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभापतिलाई गाली गरेर पार्टी बलियो नहुने बताएका छन् ।

शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने भन्दै पार्टी बनाउनका लागि जनतामाझ जानुपर्ने बताएका हुन् ।

उनले आफुनो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलीको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने जिकिर गरे । सभापति देउवाले आगामी दिनमा आफु पार्टीको सभापति नबन्ने स्पष्ट पारे । उनले कुन कुरा कता बोल्नुपर्छ भन्ने कुरा पार्टीका नेताहरुले बुझ्नुपर्ने जिकिर गरे ।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले समयमा नै पार्टीलाई समयमा नै विधिसम्वत रुपमा अघि बढाउन सके आगामी दिनमा कुनै दल र शक्तिको चूनौति सामना गर्न नपर्ने बताए ।

उनले पार्टीको बिभागहरुको बिषयलाई टुङ्गाएर शसक्त रुपमा अघि बढ्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ९ : ०५ बजे

‘सुर्तीजन्य पदार्थबाट लिएको कर स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्छ ’

नारायणगढ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले भरतपुरस्थित बिपी कोइराला मेमोरियल

स्वास्थ्यमन्त्री यादव भन्छन्- स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर छ

चितवन- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई

सांसद बजगाईँको सुझाव- नयाँ संसद् भवनमा ‘बार’ निर्माण गरौँ

काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनभित्र

ताप्लेजुङ पहिरो : मृतकलाई सुरक्षित स्थानमा ल्याइयो

फुङ्लिङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गएराति गएको पहिरोमा

जनकपुरमा भारतसँग सम्बन्ध सुधार्न सुझाव, महाधिवेशनमै चीन पुग्यो जसपाको टोली

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन बिहीबार जनकपुरमा समापन