गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि कास्कीलाई | Khabarhub Khabarhub

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि कास्कीलाई


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कास्कीले जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा कास्कीले नवलपुरमाथि १८ रनको जित निकाल्दै रु एक लाखसहित ट्रफी पुरस्कार पायो ।

उपविजेता बनेको नवलपुरले रु ५० हजार पुरस्कार पायो । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा यही जेठ १४ गतेदेखि पोखरामा प्रतियोगिता सञ्चालन भएको हो ।

फाइनल खेलमा नवलपुरले टस जितेर कास्कीलाई ब्याटिङको निम्तो दिएको थियो । कास्कीले निर्धारित २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १४२ रन बनायो ।

खेलमा अभिषेक थापाले २५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै अविजित ३६ रनको योगदान दिनुभयो । सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाउनुभयो ।

नवलपुरबाट अपराजित पौडेलले तीन, कैलाश पगेनीले दुई तथा शिशिर भुसाल र विशाल पौडेलले समान एक÷एक विकेट लिनुभयो । खेलमा जितका लागि १४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १२४ रनमा समेटिन पुग्यो ।

प्रतियोगिताको ‘म्यान अफ दी सिरिज’को उपाधि नवलपुरका अपराजित पौडलले प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट बलर नवलपुरका अपराजित पौडेल, बेष्ट ब्याट्सम्यान कास्कीका मुस्कान थापा बन्न सफल भए । फाइनल खेलको म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा बने ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरूलाई प्रतियोगिता संयोजक एवं प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङ्जा, बागलुङ र म्याग्दी गरी आठ जिल्लाको सहभागिता थियो ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १० : ५० बजे

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव