मनसुनी वायुको प्रभाव आज पनि जारी रहने, देशभर पानी पर्ने « Khabarhub

मनसुनी वायुको प्रभाव आज पनि जारी रहने, देशभर पानी पर्ने


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो   देशभर  आंशिकदेखि  सामान्य बदली रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी  र मधेश प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित  भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मधेश प्रदेश लगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, कोशी  र मधेश प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित  भारी  वर्षाको  समेत  सम्भावना   रहेकाले  सडक  तथा  हवाई  यातायात,  स्वास्थ्य,  कृषि,  पर्यटन  लगायतका  क्षेत्रहरू  प्रभावित हुन सक्ने देखिन्छ।

भारी वर्षा, मेघगर्जन, चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : २३ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष