एसीसी मेन्स यु–१६ : सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा प्रवेश « Khabarhub

एसीसी मेन्स यु–१६ : सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा प्रवेश


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल एसीसी मेन्स यु–१६ ईस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा सिंगापुरलाई ९८ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर ३ बलमा ८७ रन बनाउँदै अलआउट भयो।

सिंगापुरका ओपनर रोशन रविचन्द्रनले सर्वाधिक २४ रन बनाए । यस्तै, कबिरले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

नेपालका सुर्यांशु कोइरालाले सर्वाधिक ४३ रन बनाए । यस्तै, निरज यादवले ४२, अभिषेक तिवारी २५, सन्तोष यादव १८ तथा प्रतिक भट्टराई र दीपु कुमारले १२–१२ रन जोडे । सिंगापुरका हरिहरनले ३ तथा हर्ष वेंकटराम र कबिर समान २–२ विकेट लिए ।

यो जितसँगै नेपालले मंगलबार हुने फाइनल खेलमा स्थान पक्का गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १२ : ५२ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित