अदालतका कर्मचारी र कानून व्यवसायीबीचको विवाद चर्कँदै जाँदा अदालती काम नै प्रभावित « Khabarhub

अदालतका कर्मचारी र कानून व्यवसायीबीचको विवाद चर्कँदै जाँदा अदालती काम नै प्रभावित


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानून व्यवसायीबीच भएको विवाद चर्कँदै गएको छ । अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरका अदालतका कर्मचारीले काम रोकेपछि कानून व्यवसायीहरुले पनि बहस पैरवी छाडेर घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले सोमबार ललितपुर जिल्ला अदालतको प्राङ्गणमा कानून व्यवसायीमाथिको आक्रमण, झुठा मुद्दा, अदालतमा भएका विकृति विसंगति, घुसखोरी र भ्रष्टाचारको विरुद्धमा भन्दै विरोध सभा गरेका हुन् । उनीहरुले उक्त घटनाको छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र कानून व्यवसायी अमिर लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।

त्यस्तै, कानून व्यवसायीहरुले सेवा लिन गएका कानून व्यवसायीमाथि कर्मचारीबाट हातपात भएकाले सीसीटीभी देखाउन चुनौतिसमेत दिएका छन् । विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले आफूहरुको अभियान अदालतको कर्मचारी र न्यायाधीश विरुद्धको अभियान नभएको र भ्रष्टाचारको विरोधमा भएको बताए । उनले कानून व्यवसायी पनि घुसखोर छ भने निर्मम भएर लाग्ने जिकिर गरे । घिमिरेले उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले अदालतभित्र हुने भ्रष्टाचारीलाई कसैले पनि जोगाउन नसक्ने स्पष्ट पारे ।

गत असार १३ गते बुधबार जिल्ला अदालत ललितपुरमामा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीचको विवाद भएको थियो । अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको बताउँदै आएका छन् ।

१३ गते नै अदालत परिसरबाट पक्राउ परेका लामिछाने आइतबार मात्रै प्रहरी हिरासतबाट साधारण तारेखमा रिहा भएका छन् । कर्मचारी तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा पनि निवेदन दिएकी छिन् । दुई पक्षको विवादका कारण अदालतको कामकारबाही नै प्रभावित भएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ३ : ५७ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक