अदालतका कर्मचारी र कानून व्यवसायीबीचको विवाद चर्कँदै जाँदा अदालती काम नै प्रभावित | Khabarhub Khabarhub

अदालतका कर्मचारी र कानून व्यवसायीबीचको विवाद चर्कँदै जाँदा अदालती काम नै प्रभावित


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानून व्यवसायीबीच भएको विवाद चर्कँदै गएको छ । अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरका अदालतका कर्मचारीले काम रोकेपछि कानून व्यवसायीहरुले पनि बहस पैरवी छाडेर घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले सोमबार ललितपुर जिल्ला अदालतको प्राङ्गणमा कानून व्यवसायीमाथिको आक्रमण, झुठा मुद्दा, अदालतमा भएका विकृति विसंगति, घुसखोरी र भ्रष्टाचारको विरुद्धमा भन्दै विरोध सभा गरेका हुन् । उनीहरुले उक्त घटनाको छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र कानून व्यवसायी अमिर लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।

त्यस्तै, कानून व्यवसायीहरुले सेवा लिन गएका कानून व्यवसायीमाथि कर्मचारीबाट हातपात भएकाले सीसीटीभी देखाउन चुनौतिसमेत दिएका छन् । विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले आफूहरुको अभियान अदालतको कर्मचारी र न्यायाधीश विरुद्धको अभियान नभएको र भ्रष्टाचारको विरोधमा भएको बताए । उनले कानून व्यवसायी पनि घुसखोर छ भने निर्मम भएर लाग्ने जिकिर गरे । घिमिरेले उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले अदालतभित्र हुने भ्रष्टाचारीलाई कसैले पनि जोगाउन नसक्ने स्पष्ट पारे ।

गत असार १३ गते बुधबार जिल्ला अदालत ललितपुरमामा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीचको विवाद भएको थियो । अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको बताउँदै आएका छन् ।

१३ गते नै अदालत परिसरबाट पक्राउ परेका लामिछाने आइतबार मात्रै प्रहरी हिरासतबाट साधारण तारेखमा रिहा भएका छन् । कर्मचारी तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा पनि निवेदन दिएकी छिन् । दुई पक्षको विवादका कारण अदालतको कामकारबाही नै प्रभावित भएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ३ : ५७ बजे

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त