टोकियोमा विस्फोट हुँदा चार जना घाइते « Khabarhub

टोकियोमा विस्फोट हुँदा चार जना घाइते


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानको राजधानी टोकियोको शिम्बाशी नजिकै सोमबार दिउँसो भएको विस्फोटमा परी चार जना घाइते भएका छन् ।

स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयअनुसार अपराह्न ३ः१५ बजे जेआर शिम्बाशी स्टेसनबाट करिब ३०० मिटरको दूरीमा रहेको आठ तले भवनमा विस्फोटपछि आगलागी भएको थियो ।

टोकियो नगर प्रहरी विभागका अनुसार विस्फोटमा परी चार जना सामान्य घाइते भएका छन् । जसमध्ये दुई जना पैदल यात्री र दुई जना रेष्टुरेन्टका कर्मचारी रहेका छन् ।

विस्फोट हुँदा घटनास्थलबाट निकै टाढासम्म विस्फोटको आवाज सुनिएको र त्यसपछि भवनको दोस्रो तल्लाको एउटा कोठाबाट धेरै टुक्राहरू उडिरहेको देखिएको थियो । आगो तीव्र गतिमा फैलनुअघि ग्यासको हल्का गन्धसँगै कोठामा धुवाँको मुस्लो देखिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

घटनामा घाइते भएका व्यक्तिहरूको कपाल र लुगाहरू आंशिक रूपमा जलेका छन् ।

अग्नि नियन्त्रक विभागका अनुसार भवनको दोस्रो र तेस्रो तल्ला पूर्णरूपमा जलेको छ भने आगो निभाउन करिब ३१ वटा दमकल पठाइएको छ ।

घटनास्थल टोकियोको प्रमुख इन्टरचेन्ज रेलवे स्टेशनहरू मध्ये एक र गिन्जा किनमेल क्षेत्रबाट केवल १० मिनेटको पैदल दूरीमा धेरै कार्यालय, रेस्टुरेन्ट र आवासीय क्षेत्र रहेको शिम्बाशी स्टेशनको ३०० मीटर पश्चिममा पर्छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ५ : २६ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका