पाकिस्तानको पेशावरमा आपराधिक घटनामा १३६ प्रतिशतको वृद्धि « Khabarhub

पाकिस्तानको पेशावरमा आपराधिक घटनामा १३६ प्रतिशतको वृद्धि


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको पेशावर सहरमा सन् २०२३ को पहिलो पाँच महिनामा आपराधिक घटनामा १३६ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

प्रहरीको प्रतिवेदनलाई उद्धृत गर्दै अफगान डायस्पोरा नेटवर्कले जनाएअनुसार अघिल्लो वर्षको तुलनामा पेशावरमा आपराधिक घटनामा १३६ प्रतिशतले वृद्धि भएको हो ।

समाचारमा जनाइएअनुसार पेशावरमा हत्याका घटनामा उल्लेखनीय वृद्धि भएको छ । समाचारमा जनाइएअनुसार यस अवधिमा २३२ जनाको हत्या भएको छ । त्यसैगरी, पेशावरमा यस अवधिमा ३६० वटा हत्या प्रयासका घटना भएका छन् । डकैती र बलात्कारका घटना पनि पेशावरमा ह्वात्तै बढेको छ ।

यससँगै पेशावरका नगरबासी असुरक्षित महसुस गरिरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

फितलो कानून कार्यान्वयन, भ्रष्टाचार, उच्च मुद्रास्फीति, लागूऔषध दुव्र्यसनजस्ता कारणले पेशावरमा अपराधका घटना बढ्दै गएको बताइएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको